साझा यातायातले ३० ओटा सुविधासम्पन्न गाडी भित्र्याउँदै
काठमाडौं– साझा यातायातले तीस ओटा सुविधासम्पन्न गाडी भित्र्याउन लागेको छ ।
भारतीय अशोक लेल्याण्ड कम्पनीबीच गत चैत ११ गते भएको सम्झौता अनुरुप सो बसहरु भदौ पहिलो साता काठमाडौं आइपुग्ने साझा यातायातले जनाएको छ । उक्त बसहरुमा दुई ओटा ढोका हुनुका साथै पछाडिको ढोकाबाट ह्वीलचियर छिर्ने अपांगमैत्री हुनेछ । चालक बाहेक ४० सिट क्षमताको बसको यात्रु हिँड्ने भाग फराकिलो हुनुका साथै सुरक्षाको लागि सिसिभिटी र मनोरञ्जनको लागि डिस्प्ले टिभी रहने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले साझा यातायातमा शेयर लगानी गरेको १० करोड रुपैयाँ रकमबाट खरिद गर्न लागिएको उक्त बसहरु उपत्यकाभित्र थप शहरी यातायातको रुपमा सञ्चालनमा ल्याउने जनाइएको छ । जसबाट उपत्यकामा यात्रुहरुलाई सहज र सुविधा पुग्ने कम्पनीले विस्वास लिएको छ । हाल १७ ओटा बस रहेको साझाको नयाँ बस आएसँगै ४७ बस हुनेछन् । यसैबीच भारतको मुम्बईस्थित अशोक लेल्याण्डको कारखानामा बन्दै गरेको बसहरुको बढी निर्माण अवलोकन गर्न एक टोली आइतबार मुम्बई प्रस्थान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण