सूर्य थापाको व्यङ्ग्यः माओवादी केन्द्र एक नम्बर पार्टीको हैसियतामा पुग्यो
आइतबार, २३ जेठ २०७३, १४ : ०६
काठमाडौं– नेकपा (एमाले)का प्रचार विभाग उपप्रमुख सूर्य थापाले नेकपा माओवादीले जम्बो केन्द्रीय समिति बनाएको भन्दै सामाजिक सञ्जालमार्फत व्यङग्यात्मक टिप्पणी गरेका छन् ।
उनले माओत्सेतुङको देशमा समेत ३७६ सदस्यीय केन्द्रीय समिति रहेको सन्दर्भमा समकालीन विश्व राजनीतिक रंगमञ्चका सबै पार्टीहरुको तुलनामा एक नम्बर पार्टीको हैसियतमा माओवादी केन्द्र पुगेको भन्दै व्यङ्ग्य हानेका हुन् ।
‘१ हजार ९९ सदस्यीय नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिलाई बधाई नदिइरहन मनले मानेन । स्वयम् माओ त्सेतुङकै देश चीनको कम्युनिस्ट पार्टीसमेत (३७६ सदस्यीयमात्र) यति भीमकाय भइसकेको छैन’, उनले भनेका छन्, ‘ यो संख्यात्मक फड्कोले सम्भवतस् समकालीन विश्व राजनीतिक रंगमञ्चका सबै पार्टीहरुको तुलनामा एक नम्बर पार्टीको हैसियतमा माओवादी केन्द्र पुगेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण