भान्सामै पुगेर गोली प्रहार : किशोरीको मृत्यु, घटना रहस्यमय
डोटी - डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ ।
डोटीको पचनाली गाविस–६ की २० वर्षीया मीना साँउदको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको बताइएको छ । शुक्रबार राति ८ः३० बजे आफ्नो घरमा चाउचाउ पकाइ रहेका बेला एक्कासि बन्दुक पड्केको आवाज आएको र भान्सामा हेर्दा युवती ढलेको अवस्थामा फेला परेको एक स्थानीयले बताए ।
एक हप्ता अगाडि मात्रै बिदामा घर आएकी मृतक साँउद धनगढी, कैलालीमा अध्ययनरत विद्यार्थी हुन् । गोली पड्केको आवाज आएपछि उनका घरमा पुगेका स्थानीयले तत्काल उपचारका लागि सुजङ्ग अस्पताल राजपुरमा पु¥याउन नपाउँदै साँउदको मृत्यु भएको छ । साउँदको पछाडिपट्टिको दायाँ हातको पातामा गोली लागेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।
घटना के कति कारण कसले हानेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
-
अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण