पहिरोले गाउँ अन्धकार
प्यूठान– गएरातीबाट परेको अविरल वर्षाले ३ वटा लघु जलविद्युत आयोजनामा क्षति पु¥याए पछी रजवारा गाउँ नै अन्धकार भएको छ । उत्तरी प्यूठान रजवारामा रहेको खराखोला लघु जलविद्युत आयोजना, तिखाचुली लघुजल विद्युत आयोजना र सिरिङ खोला लघु जल विद्युत आयोजनामा पूर्ण रुपले क्षति पुगेपछी विद्युत आपूर्ति बन्द भएको हो । करिब ९ सय घरधुरी उक्त जलविद्युतको उपभोग गर्दै आएको स्थानिय पत्रकार जोगिन्द्र मल्लले जानकारी दिए । जल विद्युत आपूर्ति बन्द भएपछी जिल्लामा भएका गतिविधि पाउन लगायत सञ्चारमाध्यमबाट समेत बन्चित हुन परेको छ । त्यस्तै जिल्लाको दुर्गम गाविस मानिने स्याउलिवांगमा रहेको सरिमाखोला लघु जलविद्युत परियोजनाको कुलो बगाएको छ । पहिरोले करिव २ सय मिटर कुलो बगाउँदा आयोजना बन्द भएको हो । स्याउलिवांग वडा नं. १, २ र ३ का २५० घरधुरले उक्त लघु जलविद्युतको उपभोग गर्दै छन् । अविरल वर्षाका कारण अर्खा गाविस वडा नं. ३ मा रहेको कोर्चेघाट खोलामा बाढि आउँदा तीन वटा झोलुंगे पुल र जलविद्युत आयोजनामा पनि असर पु¥याएको छ । जिल्लाको मुटु मानिने झिमरुक फाँटको केही भागमा झिमरुक नदीले निकै असर पु¥याएको छ । झिमरुक जलविद्युल आयोजना श्रोतका अनुसार आज विहान ४ बजे ६४४.९ प्रतिसेकेन्ड घनमिटर पानीको बहाव रहेको छ । यस अघि २०६० साल साउनमा ८३४.३६ प्रतिसेकेण्ड घनमिटर पानीको वहाव रहेको स्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण