भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
काठमाडौँ । भारतीय टोली १२ वर्षपछि इङ्ल्यान्डसँगको द्विपक्षीय टी-२० सिरिजमा पराजित भएको छ ।
ब्रिस्टलमा बिहीबार राति खेलिएको पाँच खेलको सिरिजको चौथो खेलमा इङ्ल्यान्डले भारतलाई ९ विकेटले पराजित गर्दै सिरिजमा ३-० को निर्णायक अग्रता लिएको हो । इङ्ल्यान्डले यसअघि सन् २०१४ मा भारतविरुद्ध टी-२० सिरिज जितेको थियो ।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतीय टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रनको योगफल तयार पारेको थियो । कप्तान श्रेयस अय्यरले ४९ बलमा ४ चौका र ५ छक्काको मद्दतले अविजित ८० रनको उत्कृष्ट कप्तानी इनिङ खेले पनि अन्य ब्याटरहरूले उनलाई साथ दिन सकेनन् । १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले १५ रन मात्र बनाउन सके ।
उनको यो तेस्रो अन्तर्राष्ट्रिय खेल हो र तीन खेलमा उनको ब्याटबाट कुल ४२ रन मात्र निस्किएको छ । यस्तै, शिवम दुबेले २२ र तिलक वर्माले ११ रन जोडे । इङ्ल्यान्डका बलरहरूले कसिलो बलिङ गर्दै भारतलाई मध्यम स्कोरमा रोकेका थिए ।
१५९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले मात्र १३.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । इङ्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रुक र फिल साल्ट नायक बने । १३ रनको स्कोरमा जोस बटलर (८ रन) लाई अर्शदीप सिंहले आउट गरेपछि भारतीय टोली खेलमा हाबी हुने देखिएको थियो । तर, त्यसपछि ब्रुक र साल्टले दोस्रो विकेटका लागि ६८ बलमा १४६ रनको अविजित साझेदारी गर्दै भारतको हातबाट खेल खोसे ।
ह्यारी ब्रुकले मात्र ३५ बलमा ७९ रनको विष्फोटक इनिङ खेले भने फिल साल्टले ४२ बलमा ५९ रन बनाए । भारतका लागि अर्शदीप सिंहले एकमात्र विकेट लिए भने अन्य बलरहरू महँगो साबित भए । प्रिन्स यादवले आफ्नो ओभरमा १५ रन खर्चिए भने वासिङ्टन सुन्दरको एकै ओभरमा ब्रुकले १९ रन प्रहार गरे ।
यो हारसँगै भारतले २०१८-१९ पछि पहिलो पटक लगातार दोस्रो टी-२० सिरिज गुमाएको छ । यसअघि भारतलाई आयरल्यान्डले २-० ले हराएको थियो । पाँच खेलको यो सिरिजमा अब एक खेल बाँकी छ, तर इङ्ल्यान्डले सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण