शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने

शुक्रबार, २६ असार २०८३, ०० : २५
शुक्रबार, २६ असार २०८३

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी साउनदेखि तीन महिनासम्म डेंगु सचेतना अभियान सञ्चालन गर्ने भएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार साउन, भदौ र असोज महिनाभर अभियान सञ्चालन गरी डेंगुबाट बच्ने उपायबारे सर्वसाधारणलाई सचेत गराइनेछ।

उनले साउनदेखि वर्षा बढेसँगै पानी जम्ने र त्यही पानीमा डेंगु सार्ने लामखुट्टे बढ्ने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको बताए।

अभियानअन्तर्गत लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने, टोल–टोल र विद्यालयमा पुगेर डेंगु संक्रमणबारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गरिनेछ।

महाशाखाका अनुसार साउनदेखि असोजसम्म डेंगु संक्रमण उच्च हुने सम्भावना छ। गत जनवरीदेखि हालसम्म देशभर एक हजार २४४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप