एम्बाप्पेले गरे पेनाल्टी मिस
काठमाडौँ । फिफा विश्वकप २०२६ को क्वाटरफाइनलअन्तर्गत फ्रान्स र मोरोक्कोबिच जारी प्रतिस्पर्धामा फ्रान्सेली स्टार केलियन एम्बाप्पेले पेनाल्टीमार्फत अग्रता लिने सुवर्ण अवसर गुमाएका छन्।
खेलको २६औँ मिनेटमा फ्रान्सले तीव्र गतिको काउन्टर अट्याक गर्ने क्रममा मोरोक्कोका डिफेन्डर नुसाइर माजरावीले एम्बाप्पेलाई डिबक्सभित्र लडाएपछि रेफ्रीले पेनाल्टीको इशारा गरेका थिए।
भिडियो असिस्टेन्ट रेफ्रीले लामो समय लगाएर फलको जाँच गरेपछि पेनाल्टीको निर्णयलाई सदर गरेको थियो। तर, एम्बाप्पेले प्रहार गरेको पेनाल्टी मोरोक्कोका किपर बुनोले रोकेसँगै सफल हुन सकेन । जसका कारण फ्रान्सले सुरुवाती अग्रता लिने मौका गुमाएको छ।
जारी खेलमा दुवै टोली गोलरहित बराबरीमा छन्। फ्रान्सले खेलमा दबाब कायम राखे पनि मोरोक्कोको बलियो रक्षापङ्क्ति र गोलकिपरले फ्रान्सेली आक्रमणलाई विफल पारिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण