आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
चितवन । आधुनिक कृषि प्रविधिको प्रयोग गरी यहाँका ससन देवकोटा र उनकी श्रीमती राधिका रिजाल (देवकोटा) ले रङ्गीन भेडेखुर्सानीको खेती गरी सन्तोषजनक आम्दानी गरेका छन् ।
कृषि विकास कार्यालयको अनुदान तथा प्राविधिक सहयोगमा निर्माण गरिएको ग्रीनहाउसमा भरतपुर महानगरपालिका–५ मा सञ्चालन गरिएको हिमालयन बेरी प्रालिका सञ्चालक देवकोटा दम्पतीले रु २७ लाखको लगानीमा सेब्राइल रेड (रातो) र भोलान्टे (पहेँलो) जातका रङ्गीन भेडेखुर्सानीको टनेल खेती गरेका हुन् ।
अमेरिकामा उच्च शिक्षा हासिल गरी नौ वर्षअघि नेपाल फर्किएका दम्पतीले खेतीमा कृषि पर्यटन (एग्रो–टुरिजम) को अवधारणा अवलम्बन गरेका छन् ।
कृषि पर्यटन भनेको कृषि र पर्यटनलाई गाभेर तयार पारिएको अवधारणा हो । यसअन्तर्गत पर्यटक कृषि फर्ममा पुग्छन् । त्यहाँको दिगो कृषि प्रणाली, स्थानीय रहनसहन, परम्परा, कला, संस्कृति र वनजङ्गलको आनन्द लिन्छन् र फार्ममा कृषि वस्तु खरिद गरी घर लैजान्छन् ।
पाँच सय ६० वर्गमिटर क्षेत्रफलमा फैलिएको टनेलमा अहिले रातो र पहेँलो रङका भेडेखुर्सानी लटरम्म फलेका छन् । कृषि विकास कार्यालयले हिमालयन बेरी प्रालिलाई ग्रीनहाउस उपलब्ध गराइदिएको छ ।
कृषि प्राविधिकका अनुसार टनेल बाहिर खेती गर्दा रोगकीराको प्रकोप, फल कुहिने तथा बिरुवा सुक्ने समस्या देखिने भए पनि टनेलभित्र त्यस्तो समस्या हुँदैन । भेडेखुर्सानीसँगै टमाटर, करेला, लौका र घिरौँलाजस्ता तरकारी पनि उत्पादन गर्न सकिन्छ ।
बजारमा भेडेखुर्सानीको होलसेल मूल्य प्रतिकिलो रु २५० देखि ३०० सम्म पर्छ । उत्पादनको बजार खोज्नुपर्ने अवस्था छैन । भाटभटेनी, कालीमाटीलगायत मार्ट र थोक बजारमा सिधै बिक्री हुन्छ ।
टनेलभित्र गरिएको भेडेखुर्सानी खेतीबाट करिब एक वर्षसम्म उत्पादन लिन सकिन्छ भने रोपेको करिब ६० दिनपछि फल दिन सुरु गर्छ । यो अन्य बालीजस्तो होइन, राम्रो उत्पादनका लागि नियमित हेरचाह आवश्यक पर्छ । बजार राम्रो भएकाले आम्दानी पनि सन्तोषजनक छ ।
मौसम र उत्पादनको अवस्थाअनुसार हिमालयन बेरी प्रालि फर्मबाट हप्तामा तीनदेखि आठ क्विन्टलसम्म भेडेखुर्सानी उत्पादन हुने गरेको छ । रङ्गीन भेडेखुर्सानी सलाद, पिज्जा, बर्गर, विभिन्न परिकार तथा होटल–रेस्टुरेन्टमा बढी प्रयोग हुने भएकाले यसको बजार माग उच्च रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण