चट्याङ लागेर आमाछोराको मृत्यु
बिहीबार, २३ असार २०७३, २२ : ५२
लुम्बिनी – यहाँ चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
खेतमा काम गरिरहेका बेला चट्याङ लाग्दा मैनहिया गाविस–४ अमारीका ४४ वर्षीया शुभवती धवल र उनका छोरा रामकेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेतमा काम गरिरहँदा राति ८ बजे परेको चट्याङ लाग्दा घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
चट्याङ लागेर घाइते भएका चार जनालाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा ल्याइएकामा दुई जनाको मृत्यु भएको थियो । घाइते ६५ वर्षीया सोनमती भर र १९ वर्षीय प्रदीप धवलको मेडिकल कलेजमा उपचार भइरहेको र दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण