प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
बिहीबार, २५ असार २०८३, १९ : १९
काठमाडौँ । प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा काठमाडौँको माइतीघरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको चिङ्गाड गाउँपालिका–६ घर भएर कीर्तिपुर बस्दै आएका ३२ वर्षीय कुल वीर नेपाली छन्।
असार २१ मा उनले कैलालीमा कार्यरत एक जना प्रहरी अधिकृतलाई फोन गरेर ‘म गृह मन्त्रालयको मान्छे हुँ, तपाईँले काम गर्न सक्नु भएन भने तपाईँको सरुवा गरिदिन्छु’ भनेको प्रहरीको दाबी छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आरोपीविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौँ परिसरका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत
-
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु
-
चार विधेयक सर्वसम्मतिले स्वीकृत
-
त्रिविका उपकुलपति थापासमक्ष २१ बुँदे सुझावपत्र पेस
-
‘राजेन्द्र लिङ्देनबाट अब राप्रपा चल्न सक्दैन, महाधिवेशनबाट परिवर्तन गर्छौं’
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण