बाढीका कारण सिन्धुपाल्चोकका स्थानीय अझै त्रासमा
मेलम्ची - सिन्धुपाल्चोक जिल्ला र जिल्लासँगैको चिनियाँ क्षेत्रमा परेको अविरल वर्षापछि गत मङ्गलबारबाट आएको बाढीका कारण तातोपानीको लिपिङ, गातीलगायतका क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् ।
बाढीका कारण भने हालसम्म कुनै मानवीय क्षति नभएको र पहिलेको तुलनामा अहिले पानीको सतह घटेको प्रहरीले जानकारी दिएको छ । जिल्लाको सिमाना रहेको तिब्बत क्षेत्रमा लगातारको वर्षाका कारण आएको बाढीले तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौरलगायत क्षेत्र डुबानमा पर्न सक्ने खतरा बढेको छ ।
नेपाल र चीनकोे मितेरी पुल नजिकको लिपिङबजारमा रहेका घर उच्च जोखिममा परेका छन् भने तातोपानीदेखि बाह्रविसेसम्मका २५ घरटहरा बगाइसकेको छ । तातोपानीको मानसरोवर बोर्डिङ स्कुल बाढीका कारण पूर्णरुपमा ध्वस्त छ भने तातोपानी भन्सारको क्यान्टिन र त्यहाँ रहेका दुईवटा टिपर बगाएको सीमा प्रहरी चौकीले बताएको छ ।
बाढीका कारण अरनिको राजमार्गअन्तर्गतको करिब ३१ किलोमिटरको सडक ठाउँ–ठाउँमा नदीले कटान गरेको छ भने कतिपय ठाउँमा पहिरोको कारण अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।
सडक सञ्चालन हुन अझै महिनाँै लाग्ने देखिन्छ । गाती गाविसको जम्बुकोे सडक बाढीले पूरै कटान गरेकाले सोही बाटो भएर सडक सञ्चालन गर्न सम्भव नरहेको र वैकल्पिक बाटो खोज्नुपर्ने देखिन्छ ।
चीनमा भीषण पानी परेका कारण सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको बाढीले जिल्लावासी नै त्रसित बनेका छन् । जुरे पहिरोको पीडा त्यसमाथि भूकम्पको पीडा र कल्पना गर्न नसकिने बेलाबेलाको बाढी पहिरोले सिन्धुपाल्चोकलाई पीडामाथि पीडा थपिएको स्थानीयवासी वासु बडालले दुःखेसो पोखे ।
बडाल भन्छन्, “पहिलो पटक भोटेकोसीमा यत्रो बाढी देखेको हुँ, बाह्रबिसेमा बाक्लो लेदोसहित ठूल्ठूला रूखका काठ बगाएर ल्याएकाले नदी किनारका सबै स्थानीय निकै त्रसित देखिएको उनले बताए ।
बाढीले बाह्रविसेको पुलमा समेत क्षति पु¥याएको छ । भोटेकोसी नदीमा आएको बाढीले सडक बगाउँदा अवरुद्ध भएको जुरे सडक खुलेको भएपनि पानी पर्नासाथ माथिबाट खस्ने लेदोेले सडक अवरुद्ध हुने गर्दछ जसका कारण बाह्रबिसेसम्म सडक सञ्चालन भएपनि तातोपानीसम्म पुग्ने तत्काल अवस्था नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।
तातोपानीका स्थानीयवासी पहिरोको जोखिम मोलेर उक्त बाटो हिँड्न बाध्य छन् । सडक सञ्चालन नभएपछि अति आवश्यक खाद्यान्न लगायतका वस्तु खरिदका लागि निकै कठिन भएको र छिटोभन्दा छिटो वैकल्पिक सडक सञ्चालन गरी उक्त आवश्यकता पूरा गर्न स्थानीयवासीले माग गरेका छन् भने विद्युत् नहँुदा स्थानीयवासीलाई सम्पर्कमा समेत कठिनाइ भएको छ ।
तस्विर : कुमार श्रेष्ठ फेसबुक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण