अश्लिल सामग्री प्रस्तुत गरेको भन्दै स्न्यापच्याट विरुद्ध मुद्दा दर्ता
शुक्रबार, २४ असार २०७३, १३ : २१
कुनै बेला स्नयापच्याट साधारण एप थियो । यसमा तपाईंले फोटो खिचेर साथीलाई पठाउने गर्नुहुन्थ्यो । तर, यो केही समयपछि बिलायो ।
अहिले, यो मेसेजिङ एप, भिडियो सेयरिङ एप र न्यूज एप बनेको छ । यसलाई अनलाई कम्युनिकेसनको उपलब्धी नै मान्नुपर्छ ।
तर के यो अश्लिल छ ? के बच्चाहरुमा यसको नकारात्मक असर पर्छ ?
यही विषयमा बिहिबार छलफल भएको छ । र यसबारे मुद्दा दायर समेत गरिएको छ ।
यसले स्न्याप्च्याटको डिस्कभको कार्यप्रति आपत्ति देखाएको हो । डिस्कभर स्नयापच्याटको यस्तो भाग हो जहाँ प्रकाशकहरु सबैमाझ चिन्न चाहन्छन् ।
स्न्यापच्याटको यही विधामा विभिन्न साइट जस्तै डेली मेल, भाइस, बजफिडका सामग्रीहरु प्रकाशित गरिन्छ र पढ्न सुझाव दिइन्छ ।
कस्मोपोलिटन म्यागजिनका सामग्री जस्तै ‘तपाईंलाई चरमोत्कर्षमा पुर्याउन नसक्दा तपाईंको पुरुषले यस्तो सोच्छन्’ लगायतका सामग्रीहरु प्रकाशित गरिन्छ ।
उमेर समूहको ख्याल नै नगरी यस्तो प्रकारको अश्लिल सामग्री प्रस्तुत गरेमा स्न्यापच्याटमाथि थुप्रै मानिसहरु आक्रोशित भएका छन् ।
‘अमेरिकाका कयौं परिवारलाई स्न्यापच्याटले उनीहरुका बालबालिकाका लागि कस्तो प्रकारको सामग्री प्रकाशित गरिरहेको छ भन्ने विषयमा जानकारी नै छैन,’ लस एन्जलसका १४ वर्षीय जोन डोले दर्ता गरेको रिटले बताउँछ ।
यता स्न्यापच्याटले बिहिबार नै यसबारे बोलिसकेको छ । ‘यदि कोही व्यक्ति विशेषलाई यसले आहत पुर्याएको छ भने हामी क्षमाप्रार्थी छौं ,’ स्न्यापच्याटका प्रवक्ताले इमेलमार्फत जानकारी दिए ।
‘हाम्रो डिस्कभर पार्टनरलाई इडिटोरियलको स्वतन्त्रता दिइएको छ र यसलाई हामीले सहयोग मात्र गरेका हौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण