यी नायिकाले दिएकी थिइन् बलिउडको पहिलो किसिङ सिन
शनिबार, २५ असार २०७३, ११ : ०८
बलिउडका फिल्महरुमा हिरोइनद्वार किसिङ सिन दिनु आजकाल निकै सामान्य बनेको छ तर यस्तो प्रकारको बोल्ड सिन फिल्ममा पहिला हुँदैनथ्यो भन्नु गलत हो । ३० को दशकमा पनि किसिङ सिन दिएर बलिउडमा निकै चर्चा बटुल्न सफल एक नायिका छिन् जसको बारे आज हामी तपाईंलाई जानकारी दिँदै छौं ।
सन् १९३० ताका कोही पनि महिला फिल्मी क्षेत्रमा आफ्नो करियर स्थापित गर्छु भन्ने किसिमका थिएनन् तर त्यही दशकमा फिल्मी दुनियामा एउटा यस्तो रियल जोडीले कदम राख्यो जो वास्तविक जीवनमा नै जोडी थिए । हिमांशु र देविका रानीको यो जोडी फिल्मी दुनियाँमा मात्र नभई वास्तविक जीवनमा श्रीमान श्रीमती थिए । देविका र उनका श्रीमानले सन् १९३३ मा कर्मा नामको एक फिल्म बनाए जसमा देविका र हिमांशुबिच एक लामो किसिङ सिन थियो । फिल्मको सफलतापछि दुबैले बम्बे टकिजको स्थापना गरे ।
विवाह पछि देविका रानी जर्मनी गइन् जहाँ उनले फिल्म निर्माणका थुप्रै तरिकाबारे जानकारी लिइन् । सन् १९३३ मा हिमांशु रायले उनीसँग मिलेर कर्मा नामको फिल्म बनाए जुन सुपरहिट बन्यो ।
आफ्नो १० वर्षको फिल्मी करियरमा देविकाले थुप्रै हिट फिल्महरु दिइन् । देविकाको जन्म सन् १९०८ को मार्च ३० तारिखका दिन भएको थियो । सुरुवाती पढाई भारतमा गरेपछि उनी बेलायत गएकी थिइन् जहाँ उनले ‘रोयल एकेडेमी अफ ड्रामेटिक आर्ट’ पढिन् । देविकाले आफ्नो करियर टेक्सटायल इन्जिनियरको रुपमा सुरु गरिन् र त्यही क्रममा हिमांशु रायसँग उनको भेट भयो ।
सन् १९४० मा हिमांशुको अचानक निधन भयो । उनको कम्पनी डुब्ने स्थितीमा पुग्यो । देविका आफ्नो श्रीमानको मृत्युले यति आहत भइन् कि उनले फिल्मी दुनियाँलाई चटक्क छोडिदिइन् ।
श्रीमानको निधन भएको पाँच वर्षपछि देविकाले एक रुसी पेन्टर सोलोस्लाव रोयरिचसँग विवाह गरिन् । विवाह पछि देविका हिमाचलको मनालीमा शिफ्ट भइन् । ९ मार्च सन् १९९४ मा उनको मृत्यु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण