दिनदहादै कमैयाबस्तीका छ घरमा लुटपाट
शनिबार, ०१ साउन २०७३, २१ : ५८
बर्दिया, १ साउन - शनिबार बर्दिया जिल्ला ताराताल नगरपालिका–३ को बोर्डर साइटमा बस्ने कमैयाबस्तीका मुक्तकमैयाको घरबाट दिनदहाडै छ जनाको लुटेरा समूहले दुई लाख २३ हजारको धनमाल लुटी लगेको प्रहरीले जनाएको छ ।
बर्दियाको सानोश्री ताराताल नप–३ बस्ने मिठ्न थारुको नगद रु ६५ हजार, लक्ष्मी राम थारुको रु १० हजार, राजकुमार चौधरीको रु पाँच हजार, राम किसन थारुको रु नौ हजार, सुमन चौधरीको रु एक लाख १४ हजार र लालरानो चौधरीको रु २० हजार गरी रु दुई लाख २३ हजार बराबरको धनमाल आज दिउँसो ४ बजे लुटेराले लुटेर लगेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
-
प्रेमप्रसादको घटनामा बालेनले भनेका थिए– राज्यको चरम असफलता !
-
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
-
इयु बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रणको तयारीमा
-
अघोषित लोडसेडिङको अन्त्य गर्न आग्रह
-
यातायात सेवालाई व्यवस्थित बनाउन अनिवार्य परिचयपत्र र पोसाक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण