८ खानेकुरा जसलाई तपाईंले कहिले फ्रिजमा राख्नुहुँदैन
सोमबार, ३१ साउन २०७३, १२ : ०३
फ्रिज हाम्रो जीवनको एक अभिन्न अंगसरी भइसकेको छ । हामी फ्रिजमा खानेुकराहरु धेरै समयसम्म नबिग्रिओस् भनेर राख्ने गर्दछौं । तर हामीले उपयोग गर्ने खानेकुराहरु यस्ता पनि छन् जसलाई फ्रिजमा राख्दा झन् बिग्रिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।
आलुः
आलूलाई कहिले पनि फ्रिजमा राख्नुहुँदैन । चिसो तापक्रममा आलू राख्दा स्टार्च सुगरमा परिवर्तन हुने गर्दछ । त्यसकारण आलुलाई फ्रिजमा भन्दा बाहिर नै राख्दा राम्रो हुन्छ ।
प्याजः
प्याज चिसो हुन्छ । यसलाई फ्रिजमा राख्दा यो झन् बिग्रने गर्दछ त्यसकारण प्याजलाई सधैं सुख्खा र अँध्यारो स्थानमा राख्न जरुरी छ ।
पाउरोटीः
पाउरोटी चाँडै खराब हुन्छ भन्ने डरले हामी यसलाई फ्रिजमा राख्ने गर्दछौं । तर के तपाईंलाई थाहा छ, फ्रिजमा राखेको पाउरोटी निकै चाँडो सुख्खा हुन्छ ?
महः
महलाई राम्रो तरिकाले सील गरेर राखिएको छ भने त्यसलाई फ्रिजमा राख्न आवश्यक छैन । फ्रिजमा मह राख्ने बित्तिकै यसमा क्रिष्टल बन्न सुरु हुन्छ ।
अचारः
अचारमा भेनेगरको मात्रा बढि हुन्छ त्यसकारण यसलाई फ्रिजमा राख्नुहुँदैन । फ्रिजमा अचार राख्दा अरु सामान पनि खराब हुन्छन् ।
गोलभेडाः
गोलभेडालाई फ्रिजमा राख्दा चिसो हावाले गोलभेडाको भित्रको झिल्ली टुट्ने गर्दछ जसले यो नरम हुने गर्दछ । यसलाई फ्रिजमा राख्नुको साटो बाहिर राख्दा नै राम्रो हुन्छ ।
लसुनः
फ्रिजभित्र राखेको लसुन उम्रिन थाल्छ । फ्रिजमा राख्नाले लसुन रबर जस्तै हुन्छ त्यसकारण यसलाई चिसो र सुख्खा ठाउँमा राख्नुहोस् ।
कफीः
यदि तपाईंले कफीलाई फ्रिजमा राख्नुभयो भने यसले आफ्नो स्वाद गुमाउँछ र फ्रिजको गन्धलाई आफूमा समावेश गर्दछ । तपाईंले कफीलाई चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण