वर्षौंसम्म कर नतिर्नेहरुले कर तिर्न थाले
बिहीबार, ०२ भदौ २०७३, १४ : २०
बागलुङ । जिल्लामा एकीकृत सम्पत्तिकर तिर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
आव २०७०/७१ देखि लागू भएको एकीकृत सम्पत्तिकर तिर्नेमा हालसम्म सात हजार करदाता रहेका छन् । आव २०७१/७२ मा तीन हजार ९३९ करदाता रहेकामा आव २०७२÷७३ मा सो सङ्ख्या बढेर चार हजार ६१ पुगेको बागलुङ नगरपालिका कार्यालयका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए ।
एकीकृत सम्पत्तिकर लागू भएको आव २०७०/७१ मा २७४ जनाले सम्पत्तिकर बुझाएका थिए । गत आवमा एकीकृत सम्पत्तिकरबाट रु ५१ लाख एक हजार राजस्व सङ्कलन भएको थियो । ‘वर्षौंसम्म कर नतिरी बसेका नगरवासी करको दायरामा आउन थालेका छन्,’ सुवेदीले भने ।
करदाताले घरजग्गा कर, धुरीकर र मालपोत करको सट्टामा एकसाथ एकीकृत सम्पत्तिकर बुझाउने गरेका छन् । सम्पत्तिकरले नगरपालिकाको राजस्व सङ्कलनमा समेत वृद्धि ल्याएको छ । आव २०७०/७१ मा रु ३३ लाख ९५ हजार तथा आव २०७१/७२ मा रु ४५ लाख २६ हजार कर उठेको थियो ।
‘नगरक्षेत्रमा करिब १२ हजार करदातालाई एकीकृत सम्पत्तिकरको दायरामा ल्याउने लक्ष्य छ,’ कार्यालयका नासु गङ्गादेवी शर्माले भने । हरेक आवको पुस मसान्तसम्म कर तिर्ने करदातालाई कुल करको १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण