किन ढाँटे परराष्ट्रमन्त्रीले ? चीनले भन्यो, ‘सन् २०१७ मा संयुक्त सैन्य अभ्यास’
काठमाडौँ – परराष्ट्रमन्त्रालयले नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुन लागेको खबरमा सत्यता नभएको बताएको एक दिन नबित्दै चीनले दुई देशबीच सैन्य अभ्यास हुन लागेको बताएको छ ।
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता सिनियर कर्नेल याङ युजुनले बिहीबार पत्रकार सम्मेलनमा बोल्दै नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य अभ्यास हुने बताएका हुन् ।
#China and #Nepal will hold their first joint military training in 2017, Chinese MOD spokesperson said on Thu pic.twitter.com/0JFtJznxgR
— People's Daily,China (@PDChina) December 29, 2016
परराष्ट्र मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी हाल चर्चामा रहेको नेपाल चीन सैन्य अभ्यासको कुनै कुरै नभएको दाबी गरेको थियो ।
पढ्नुहोस् :
परराष्ट्रमन्त्रीले सोधे, ‘कसले भन्यो नेपाल–चीनबीच संयुक्त सैन्य अभ्यास हुँदैछ ?’
नेपाल–चीनबीच सन् २०१७ को सुरुवातमा संयुक्त सैन्य अभ्यान हुन लागेको भनि भारतीय मिडियामा खैलाबैला मच्चिएको थियो ।
गत डिसेम्बर २६ मा भारतीय मिडिया ‘टाइम्स अफ इन्डिया’ले नेपाल र चीनले गर्न लागेको संयुक्त सैन्य अभ्यासले भारत चिन्तित बनेको बताएको थियो । जसको जवाफमा चीनको ग्लोबल टाइम्सले लेख नै लेखेर भारतलाई सुझावसहित खण्डन गरेको थियो ।
पढ्नुहोस् :
नेपाल–चीन संयुक्त सैन्य अभ्यास : चीन र भारतबीच ‘मिडिया वार’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण