वीरगंजका उद्यमी–व्यवसायी नेता छान्न आतुर
पर्सा –आगामी पुस २९ गते हुने वीरगंज उद्योग वाणिज्य संघको ४१ औं वार्षिक सभाबाट संघको नया नेतृत्व चयन हुने भएपछि वीरगंजका उद्योगी व्यवसायीहरु चुनावी रणनीतिमा जुटेका छन् ।
वीरगंज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि युवाहरुलाई सर्वसम्मत रुपमा जिम्मा दिने तयारी भएपनि घोषणा भने भइसकेको छैन । व्यवसायीहरुका अनुसार अध्यक्ष पदमा युवा उद्योगपति एवं पुर्व सभासद ओमप्रकाश शर्मा निश्चित भएका छन् भने सचिव पदमा वीरगंजका युवा व्यवसायी नवनित अग्रवाल सुनिश्चित भएका छन् ।
युवा व्यवसायीहरुबीच लोकप्रिय रहेका नवनित आफ्नो छुटै पहिचानका कारण वीरगंजमा चर्चित व्यवसायीका रुपमा चिनिएका छन् । मिलनसार, मृदुभाषी सबै सँग मिलेर काम गर्ने स्वभावका नवनितलाई सचिवमा उटठाउन वीरगंजका युवा व्यवसायीहरु एकमत जस्तै छन् ।
वीरगंज उद्योग वाणिज्य संघको नेतृत्वलाई गति दिन सक्ने क्षमता भएका अग्रवाललाई निर्विरोध चयन गराउन युवा व्यवसायीहरुले उनको पक्षमा लविङ्ग समेत थालेका छन् ।
अग्रवालले आफु वीरगंज उद्योग वाणिज्य संघको सचिव भए युवाहरुको भावनालाई समेटदै अग्रज अभिभावकहरुको सल्लाह लिएर संघलाई नयाँ उचाईमा पु¥याउने योजनाका साथ अघि बढ्ने दावी गर्छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण