समूह चरणको अन्तिम खेलमा नेपाल र श्रीलंका भिड्दै
सिलिगुडी - दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपाल र श्रीलंकाका शुक्रबार भिड्दै छन् । भारतको सिलिगुडीमा जारी प्रतियोगितामा नेपालले श्रीलंकासँग दिउँसो २ : ३० बजे कञ्चनजंगा खेल मैदानमा सामना प्रतिस्पर्धा गर्नेछ ।
साफमा दोस्रो पटक श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको नेपालले पुरानो नजितालाई कायम गर्ने योजनामा छ भने श्रीलंका बदला लिने दाउमा छ । नेपालले उद्घाटन खेलमा भुटानलाई ८—० र बुधबार भएको खेलमा माल्दिभ्सलाई ९— ० ले फराकिलो अन्तरले पराजित गरेको थियो । ।
नेपालका टिम प्रशिक्षक कुमार थापाले श्रीलकासँगको खेलमा पनि नेपालले जित्ने विश्वास लिए । ‘हामीले श्रीलंकालाई सन २०१४ को साफमा पनि हराएका हो,’ उनले भने,‘ शुक्रबारको खेलमा पनि नजिता हाम्रो पोल्टामा पर्नेमा विश्वस्त छु, साफको उपाधि जित्ने गरी नै तयारी गरेका छौ ।’
प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा पाकिस्तान भने सहभागी भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण