छ सय परिवारलाई कम्बल वितरण
सप्तरी - सप्तरीको तिलाठी र कोचाबखारी गाविसका विपन्न परिवारलाई युथ नेपालले कम्बल वितरण गरेको छ ।
उक्त संस्थाले छुटाछुटै कार्यक्रम गरी दुवै गाविसका करिब छ सय विपन्न तथा गरिब परिवारलाई एक/एक थान कम्बल वितरण गरिएको युथ नेपालका मोहन यादवले जानकारी दिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिवेश लोहनीले कम्बल बाँडेका हुन् ।
यस्तै सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिकाको इनर्वामा समेत विपन्न र गरिब परिवारलाई जाडोबाट बच्नका लागि ‘नेपाल सेयरको सहयोग र क्रिएसेन नेपाल’को समन्वयमा सप्तरी युथ नेपालले एक सय १५ जनालाई एक थानका दरले कम्बल वितरण गरेको थियो ।
यसैगरी सप्तरीको कोइलाडी गाविसमा यहाँ एक दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ ।
स्थानीय निम्न माध्यमिक विद्यालयमा तपेश्वरी समाज र हुर्क नेपालको आयोजना तथा ‘द फ्रिड्म फन्ड’को सहयोगमा आरके चिल्डेन अस्पताल विराटनगरले एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष पार्थो सरकारले बताए ।
पुल भास्सिँदा यात्रुलाई समस्या
सप्तरीको मैनाकडेरीस्थित चन्द्र नहरमा निमार्ण गरिएको नयाँ पुल भास्सिँदा यात्रुलाई समस्या भएको छ ।
मैनाकडेरी र लोहजरा गाउँको बीचमा रहेको सो नहरमा निर्माण गरिएको पुल छेउको तार बोल्डर, पुलको छेउको भाग भास्सिँदा आउने जानेलाई ज्यान जोखिममापर्ने स्थिति रहेको स्थानीयवासीको गुनासो छ ।
चन्द्र नहरको पुरानो पुल जीर्ण भएपछि बनाइएको नयाँ पुलको दुबैपट्टि भत्कनुका साथै पुलले जोड्ने सडक २० फिट तल भास्सिँन जाँदा सो पुलबाट दुर्घटनाको समस्या बढेको स्थानीयवासीको भनाइ छ ।
पुलको वारिपारी रहेको र बाटो भास्सिँएको सो पुल हँुदै आवागमन गर्नेलाई समस्या भएको छ । सो नहरमा चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यलयबाट पुल निमार्ण गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।
पुलको मर्मत गर्न पटक/पटक कोसीपम्पका इन्जिनियर समक्ष जानकारी गराए पनि पहल नभएका मैनाकडेरीका रामप्रसाद यादवले गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण