स्पेनमा धुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग संकलन
सोमबार, १८ पुस २०७३, ०९ : ३१
स्पेन –तेश्रो एकिकृत बस्ती निर्माण’को घोषणा गरेको ‘धुर्मुस सुन्तली’ फाउण्डेशनलाई सहयोग गर्न स्पेनमा आर्थिक संकलन भईरहेको छ । प्रबाशी नेपाली मञ्च स्पेनको पहलमा आर्थिक संकलन गरिएको हो ।
हेमन्त रानाभाटको संयोजकत्वमा आर्थिक संकलन सुरु गरिएको छ । पीडितले राहत महसुस गर्ने गरि फाउण्डेशनले काम गरेकाले आफुहरुले सहयोग गरेको स्पेनमा बसोबास गर्ने नेपालीहरुले बताएका छन् ।
अभियान अन्र्तगत पहिलो दिन नै लगभग २ लाख रकम संकलन गरिएको छ । अभियान जनवरी ३० तारीखसम्म रहने संयोजक रानाभाटले जानकारी दिए ।
भूकम्प पीडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेलगत्तै मंचले आर्थिक संकलन अभियान सुरु गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण