किराँती मुक्ति मोर्चाको अध्यक्षमा बासु
खोटाङ– नेकपा (माओवादी केन्द्र) निकट किराँती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय अध्यक्षमा राजन किराती (बासु) सर्बसम्मत चयन भएका छन् ।
खोटाङको दिक्तेलमा गएराति अबेर सम्पन्न मोर्चाको चौथो सम्मेलनले अध्यक्षमा किराँतीका साथै उपाध्यक्षमा प्रकाश राई, नरेन्द्र खाम्ले, तीलकप्रसाद राई, शौभाग्यवतीदेवी राई, राजेन राई, टीका लिम्बु, जयप्रकाश राई, आशा कुलुङ, किशोरकुमार राई, भाइ किराती, अशोक राई, बिनोद सुनुवार, अरुणा राई (दिक्षा) र राकेश किराती चयन गरेको हो ।
त्यस्तै महासचिवमा अर्जुन जम्नेली राई तथा उपमहासचिवमा वसन्त राई र रेखराज राईलाई चयन भएका छन् ।
समितिको सचिवमा बिर्षिका राई, डेकेन्द्रकुमार राई, कपिल राई, विमल किराती, हस्त राई, नविन राई, चित्रकुमार राई, सन्ध्या राई, शोनिया राई, भीम राई, कुमार जेरो, ज्ञान किराती र हर्क छिन्ताङ चयन भएका छन् । समितिको कोषाध्यक्षमा कमला राई चयन भएकी छन् ।
सम्मेलनको माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा पूर्व रक्षामन्त्री रामबहादुर थापा (बादल)ले शनिबार उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण