इन्डोनेसियामा पर्यटक चढेको डुङ्गामा आगलागी हुँदा २३ को मृत्यु
जकार्ता – इन्डोनेसियाको राजधानी जकार्ताबाट उत्तरमा अवस्थित एक पर्यटकीय टापुमा नयाँ वर्षको बिदा मनाउन हिँडेका पर्यटक चढेको डुङ्गामा आगलागी भएपछि यसमा सवार २३ जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।
घटनामा अन्य १७ जना बेपत्ता भएको र १९४ जनालाई उद्धार गरिएको छ ।
यात्रारत डुङ्गामा एक्कासी आगोको ज्वाला निस्किएपछि यात्रुहरु ज्यान जोगाउन समुद्रमा हामफालेको राष्ट्रिय विपद् व्यवस्थापन संस्थाले जनाएको छ ।
डुङ्गा किनारबाट छुटेको करिब १५ मिनेटपछि डुङ्गामा आगलागी भएपछि यात्रुहरु लाइफ ज्याकेटका लागि सङ्घर्ष गरेका र कतिपय यात्रु आत्तिएर लाइफ ज्याकेटविना नै समुद्रमा हाम फाल्दा ठूलो क्षति भएको इन्डोनेसियाली प्रहरीले बताएको छ ।
अधिकांश यात्रुलाई सँगै सोही बाटो हिँडिरहेका माझीले उद्धार गरेका थिए । इन्डोनेसियामा डुङ्गा दुर्घटनाका कारण बर्सेनि सयौँ मानिसले ज्यान गुमाउने गर्छन् । रासस÷एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण