दक्षिण कोरिया 'स्काण्डल' : चोइ सुन सिलकी छोरी पक्राउ
सिओल – दक्षिण कोरिया जारी राष्ट्रपतिको भ्रष्टाचार प्रकरणको केन्द्रविन्दुमा रहेकी महिलाकी छोरी डेनमार्कबाट पक्राउ परेको दक्षिण कोरियाली प्रहरीले जनाएको छ ।
२० वर्षीया चुङ यु रा देशमा गैरकानुनी रुपमा बसिरहेको उनीहरुको भनाई छ ।
उनकी आमा चोइ सुन सिलमाथि राष्ट्रपति पार्क गेउन हेसँगको मित्रता उठाएर व्यक्तिगत फाइदाका लागि प्रयोग गरेको आरोप छ । पार्कलाई प्रयोग गरेर चुङलाई कोरियाको सबैभन्दा ठूलो विश्वविद्यालयमा भर्ना गरिएको पनि आरोप छ ।
हप्तौँ लामो विरोध प्रदर्शनपछि गत डिसेम्बर ९ मा पार्कविरुद्ध महाभियोग प्रस्ताव पारित गरिएको थियो । दुवै जानाले माफी माग्दै सबै आरोपहरुको खण्डन गरेका छन् । प्रकरणबारे सोधपुक्षका लागि बोलाउँदा उपस्थित नभएपछि दक्षिण कोरियाली प्रहरीले चुङलाई पक्राउ गर्न इन्टरपोलको मद्दत मागेको थियो ।
चुङ यु राले सन् २०१४ मा आफ्नो देशको प्रतिनिधित्व गर्दै एसियाली खेलकुदमा स्वर्ण पदक समेत जितेकी थिइन् । उनकी आमा चोइ हाल हिरासतमा रहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण