बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिरहाको लहानमा आगलागी, तीन लाखको क्षति

सोमबार, १८ पुस २०७३, ११ : १८
सोमबार, १८ पुस २०७३

लहान - सिरहाको लहानमा गएराति आगलागी हँुदा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ ।

लहान नगरपालिका–२२ निवासी रामचन्द्र चौधरीको गाईगोठमा आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर नष्ट हुनुका साथै गोठमा रहेको एक वटा गोरु, एक वटा बाछा र एक वटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ ।

राति ११ बजेतिर भएको उक्त आगलागीमा परी अन्य चार थान चौपाया जलेर घाइते भएका छन् । सो आगलागीबाट करिब रु तीन लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप