अलपत्र अवस्थामा रहेको रोल्पाको क्याम्पसको काम सञ्चालन हुने
रोल्पा - जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाको निर्माणाधीन अवस्थामा अलपत्र छोडिएको भवनको सम्पूर्ण आन्तरिक तथा बाह्य काम आगामी फागुन मसान्तसम्म सम्पन्न गरिसक्ने आइतबार जिविस रोल्पामा सम्पन्न सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।
स्थानीय विकास अधिकारी सुशील वैद्यको अध्यक्षतामा सम्पन्न बैठकले सो कुराको निर्णय गरेको हो ।
जलजला बहुमुखी क्याम्पसको आफ्नो स्वामित्वमा कुनै भवन नभएको अवस्थामा २०६७ साल भदौ ५ गते भारतीय राजदूतावासको आर्थिक सहयोग तथा जिल्ला विकास समितिको प्राविधिक सहयोगमा भवन निर्माणका लागि निर्माण कम्पनी दिवा निर्माण÷ड्रागन विल्डर्स जेभी ललितपुर काडमाडौँसँग त्रिपक्षीय सम्झौता भएको थियो ।
यसरी सम्झौता भएको मितिले १८ महिनामा भवन निर्माणलगायतका सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने भए पनि काम सम्पन्न हुन नसकेपछि जिविस रोल्पाद्वारा करिब छ महिना म्याद थप गरिएकोमा हालसम्म पनि क्याम्पस भवन हस्तान्तरण हुन सकेको छैन ।
जिविस रोल्पाका अनुसार रु चार करोड ४४ लाख ९३ हजार ७९ पैसाको लागतका लागि सम्झौता भएकोमा निर्माण कम्पनीले काम सम्पन्न गरेको चार वटा रनिङ बिलको आधारमा रु तीन करोड २९ लाख ५३ हजार ३५९ भुक्तानी लिइसकेको छ करिब रु एक करोड १५ लाख ३९ हजार ७२० बराबरको कम सम्पन्न हुन नसकेको अवस्थामा सर्वपक्षीय बैठक बसी काम सम्पन्न गर्नका लागि निर्णय गरेको हो ।
निर्माण व्यवसायीको ढिलासुस्ती र लापर्बाहीका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसकेको जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाका प्राचार्य कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार यसरी अलपत्र अवस्थामा रहेको भवनमा केही वर्ष पहिलेदेखि विद्यार्थीको दबाबका कारण कक्षा सञ्चालन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण