‘द स्कोर्पियोन किक’ (भिडियो)
लण्डन – ओलिभर जिरुको अद्भूत स्कोर्पियोन किक गोलको मद्दतले आर्सनलले क्रिस्टल प्यालेसलाई हराउँदै लिगको तेस्रो स्थानमा उक्लेको छ ।
खेलको १७ औँ मिनेटमा एलेक्सिस सान्चेजको पास फ्रेन्च स्ट्राइकरले आफ्नो देब्रे खुट्टाले पछाडीबाट बललाई प्रहार गर्दै जाली चुमाए ।
धेरैले यो गोललाई सिजनकै उत्कृष्ट गोल भनिरहेका छन् । प्रशिक्षक आर्सन वेंगरले पनि आफ्नो २१ वर्षे करियरमा उक्त गोल शीर्ष ५ मा पर्ने बताए ।
यसअघि सोमबार सन्डरल्याण्डलाई हराउने क्रममा म्यान्चेस्टर युनाइटेडका हेनरिक मिखितारियनले पनि स्कोर्पियन किकको मार्फत गोल गरेका थिए ।
पछिल्ला ६ खेलमा ओलिभर जिरुले ८ गोल गर्न सफल भएका छन् ।
खेलको दोस्रो हाफमा एलेक्स इवोबीले हेड मार्फत गोल गर्दै आर्सनललाई २–० को जीत सुनिश्चित गरे ।
१९ खेलपछि आर्सनलको ४० अंक रहेको छ ।
आइतबार राती भएको अन्य खेलमा ह्यारी केन र डेले अलीको दुई–दुई गोलको मद्दतले वार्टफोर्डलाई ४–१ ले हरायो ।
जीतसँगै गोलअन्तरमा म्यान्चेस्टर सिटीलाई उछिन्दै टोटनहम अक्टोबरपछि पहिलो पटक शीर्ष चारमा उक्लिन सफल रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण