बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यम बुद्धदेखि एज ब्याण्ड : ‘कपि–पेस्ट’ गरेर बनाइएका ५ हिट गीत

सोमबार, १८ पुस २०७३, १३ : १२
सोमबार, १८ पुस २०७३

काठमाडौँ – संगीत सृजना कुनै सजिलो विषय होइन । त्यसमा पनि राम्रो संगीत सृजना गर्नु त झनै गाह्रो । हरेक दिन नयाँ गीत र संगीत बजारमा सार्वजनिक भइरहेका हुन्छन् । तर, ती मध्ये केही मात्र हिट हुने गरेका छन् ।

त्यही भएर, आजभोलि नाम चलेका भनिएका कलाहरुले गीत हिट बनाउन एउटा सजिलो उपाय अपनाउने गरेका छन्, कपि एण्ड पेस्ट ।

उनीहरुले यसलाई ‘इन्सपायर’ भएको भन्छन् । तर, ‘प्रेरणा’ लिनु र ‘चोर्नु’ दुई फरक विषय हुन् ।

हेरोँ यस्तै केही चोरिएका र हिट भएका नेपाली गीतहरु ः

१. यम बुद्ध  नेपाली संगीतको र्याप विधामा निकै चर्चित नाम हुन् यम बुद्ध । सामाजिक सञ्जालमा उनी धेरै फलोअर्स भएका सेलिब्रेटी मध्ये पर्दछन् । निकै गहन शब्द भएका गीतहरु प्रस्तुत गर्ने हुँदा युवापुस्तामा निकै क्रेज छ । तर, उनलाई चर्चामा ल्याएको गीत ‘साथी’ टर्कीको एक गीतबाट चोरिएको हो । हेरौँ यम बुद्धको साथी र टर्कीको रेज ज्याम एण्ड एमसी फिरात फिचरिङ डिजे एलओभीको गीत:

२. एज ब्याण्ड युवा पुस्ताबीच निकै लोकप्रिय ब्याण्ड हो एज । विशेष गरेर प्रेमका गीतहरु प्रस्तुत गर्ने यो ब्याण्ड नेपालको सफल समूह मध्येमा पर्दछ । तर, एज ब्याण्डको मेरो आँशु गीत पनि अर्को चर्चित अंग्रजी ब्याण्ड टु मच लभ विल किल युसँग मिल्छ ।

३. कमल खत्री, श्रेया सोताङ/इथोस ब्याण्ड ‘सुस्तरी–सुस्तरी’ जस्ता हिट गीत ल्याएपछि चर्चामा आएको इथोस ब्याण्डको कमल खत्री र श्रेया सोताङसँग गाएको गीत स्पर्श पनि एक कोरियन पप समूहको गीतमा चोरिएको हो ।

४. एमटी ८८४८ एमटी ८८४८ अर्को चर्चित नेपाली ब्याण्ड हो । ‘मस्की मस्की’ जस्ता चर्चित गीत ल्याएको यो ब्याण्डको ‘साठी’ भन्ने गीत फ्रि इलेक्ट्रिक ब्याण्ड अल्बर्ट हामोन्डको गीतबाट कपि पेस्ट गरिएको हो । यसको शब्द पनि बिटल्सको आइ एम सिक्टी फोरसँग मिल्छ ।

५. दिव्य सुब्बा

हाल उनको कुनै नयाँ गीत नआए पनि कुनै जमानामा निकै चर्चित गायकमध्येमा थिए दिव्य । उनको पहिलो हिट गीत ‘पश्चाताप’ फिलिपिनो गीतबाट चोरिएको हो ।

यस्ता अरु गीतहरु पनि छन् जो कपि–पेस्टबाट बनेका हुन् :

एकादेशको कथा – सबु थापा र एभ्रिल लभिङको गर्लफ्रेन्ड

भन्नुछ – भिसन योञ्जन र मार्क एन्थोनीको यु स्याङ टुमी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप