निकुञ्ज सुरक्षार्थ “अप्रेसन महाहन्ट” अभियान
चितवन - दुर्लभ वन्यजन्तु चोरी सिकार नियन्त्रण अभियानमा सार्थक बनेको ‘अप्रेसन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको छ ।
गतवर्षमा माघ दोस्रो साताबाट मात्र सञ्चालन गरिने महाहन्ट यस वर्ष पुस १५ गतेबाट नै सञ्चालन गरिएको हो । माघ १४ गते दुर्लभ एकसिङ्गे गैँडा चोरी सिकार शून्य भएको एक हजार दिन पुग्दैछ । सो दिनलाई विशेष उत्सवको रुपमा मनाउन महाहन्ट एक महिना अघिदेखि सुरु गरिएको निकुञ्ज सुरक्षार्थ खटिएको श्री जङग गणका गणपति माधव थापाले बताए।
यसअन्तर्गत विभिन्न गणका सेनाले ६ वटा समूह बनाएर निकुञ्ज गस्ती र बेस क्याम्प खडा गरेका छन् । यही अभियानअन्तर्गत पाँच ठाउँमा स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम समेत गरिँदैछ । गणपति थापाका अनुसार ‘दि’ फेमस महेन्द्र दल गण भरतपुर, वरख गण वीरगन्ज, इन्द्रबक्स गण रौतहटबाट एक सयजना सेना र भैरव बहान गुल्मका कुकुर महाहन्टमा प्रयोग भएका छन् । उनीहरुले निकुञ्जका तीन संवेदनशील क्षेत्रमा क्याम्प खडा गरेका छन्, भने तीनवटा समूहमा मोबाइल हन्टिङ गरी गस्ती गरिरहेका छन् ।
[caption id="attachment_33984" align="alignleft" width="840"] File Photo[/caption]सेनाको सुराक सञ्जाल ‘लिमिटरी इन्टलिजेन्ट सपोर्ट’ ग्रुपमा समेत जनशक्ति थप गरी सूचना सञ्जाललाई थप सशक्त बनाइएको थापाले बताए । अभियानका क्रममा चितवनको माडी, मेघौली, जगतपुर, पूर्वी चितवन र नवलपरासीको अमलटारीमा स्वास्थ्य शिविरसँगै जनचेतनामूलक कार्यक्रम गरिने थापाले जानकारी दिए ।
यसबाट निकुञ्ज र जनताका बीचमा सम्बन्ध थप सुधार भई संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले विसं २०६७ बाट ‘अप्रेसन हन्ट’ सञ्चालन गर्दै आएकोमा २०७१ बाट भने महाहन्ट सञ्चालन गर्दै आएको छ ।
गणपति थापाका अनुसार विगतको अवस्थालाई हेर्दा मङ्सिर महिनादेखि जेठ मसान्तसम्मको समयमा ८० प्रतिशत चोरी सिकार हुने गरेको पाइएको छ । चैतदेखि जेठसम्म ६० प्रतिशत चोरी सिकारी भएको तथ्याङ्कले देखाएको उनले बताए । यसैलाई मध्यनगर गरी खोलानाला घटेकोले जनावर पानीको खोजीमा टाढाटाढा जाने र पातपतिङ्गर झरेर जङ्गल सफा भएको समय पारेर चोरी सिकारी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा थप मजबुद बनाउन महाहन्ट सञ्चालन गरिएको थापाले बताए ।
महाहन्ट सञ्चालनअघि पनि निकुञ्ज सुरक्षार्थ दैनिक १५० वटा गस्ती हुँदै आएको छ । जसमा पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुङ्गा गस्ती पर्दछन् । गस्तीमा ५५० जना सेना, निकुञ्ज कर्मचारी र समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा अभियानका प्रतिनिधि परिचालन गरिँदै आएको छ । जसले एक दिनमा एक हजार ५०० किलोमिटर गस्ती गर्ने गरेको थापाले बताए ।
‘रियल टाइम पेट्रोल मनिटरिङ’ प्रणालीबाट गस्ती टोलीले गस्ती गरेको ठाउँ र दुरी हेर्न सकिन्छ । यसै प्रणालीअन्तर्गत निकुञ्जका पाँचवटा सेक्टरमा रहेका गुल्मपतिलेसमेत अनुगमन गर्ने गरेको गणपति थापाले बताए । निकुञ्जको अमलटारी, बबई, मेघौली, सौराहा र खगेन्द्रमल्लीमा सेनाका गुल्म रहेका छन् ।
निकुञ्जका १० संवेदनशील ठाउँमा सिसी क्यामरासमेत जडान गरी २४ सैँ घन्टा निगरानी गरिँदै आएको छ, भने चारवटा कुकुर परिचालन गरी गस्ती गरिँदै आएको छ । त्यसैगरी निकुञ्जमा रहेका १० वटा ड्रोनमार्फत् पनि निकुञ्जको अनुगमन गरिँदै आएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले पछिल्लो समय समुदायलाई समेत समेटेर महाहन्ट सञ्चालन गर्न लागिएको भन्दै यसले निकुञ्ज र समुदायबीचको सम्बन्ध अझै नजिक हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण