गोरखाको स्वाँरामा पहराभित्र ठूलो परिमाणमा विस्फोटक पदार्थ भेटियो
गोरखा - गोरखाको स्वाँरा गाविस–९ स्थित थलाको जङ्गलभित्र ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ ।
बाख्रा चराउन आइतबार दिउँसो जङ्गल पुगेका स्वाँराका विष्णु तामाङले बोराभित्र विस्फोटक पदार्थ देखेपछि प्रहरी चौकी सौरपानीमा खबर गरेपछि प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो ।
प्रहरी चौकी सौरपानीका प्रहरी सहायक निरीक्षक रुकमानसिं खत्रीले भने – “ओडारको खोँचमा ढुङ्गाले च्यापेर राखेको अवस्थामा दुई बोरा तारसहित डेटोनेटर (बम बनाउन प्रयोग गरिने सामग्री) फेला पारेका छौँ । बरामद भएको विस्फोटक पदार्थ आज जिल्ला प्रहरी कार्यालय पठाउँछौँ ।” उक्त विस्फोटक पदार्थ तत्कालीन माओवादीले द्वन्द्वकालमा लुकाएको हुनसक्ने अनुमान गरिएको छ ।
स्वाँराको जङ्गलमा डेटोनेटरसहित तारहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पुष्टि गरे । तीन हजार ९०० थान इलेक्ट्रिक तार जडान गरिएको डेटोनेटर बरामद भएको प्रनाउ थापाले जानकारी दिए ।
नेपाललाई बारुदी सुरुङमुक्त घोषणा भएको लामो समय भए पनि स्वाँरा क्षेत्रमा विस्फोटक पदार्थ भेटिने क्रमः रोकिएको छैन । तीन वर्षअघि स्वाँरा–८ को खरभिरको ओडारमा भेटिएको विस्फोटक पदार्थ खेलाउँदा १२ वर्षीय सचिन बराम र ११ वर्षीय ज्ञानबहादुर बराम घाइते भएका थिए । सचिनले बायाँ हातका चार औँला गुमाउनुपरेको थियो ।
जङ्गलमा जथाभावी रुपमा अझै पनि तारहरु यत्रतत्र रहेको गोठालाले बताएको स्वाँराकी सलिना गुरुङको भनाइ छ । स्वाँराको जङ्गल क्षेत्रमा द्वन्द्वका बेला माओवादी बस्ने गरेकाले त्यसबेला छाडेका वा लुकाइएका विस्फोटक पदार्थ अहिले देखा पर्दै आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण