शान्ति स्तूप निर्माणका लागि पूर्वमन्त्री सिंहद्वारा ४७ लाख सहयोग
जुम्ला - पूर्व खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले आफ्नो संसद् विकास कोषको रु ४७ लाख डुडुल चैत्य विश्व शान्ति स्तूप निर्माणका लागि सहयोग गरेका छन्।
समाजवादी जनता पार्टी नेपालका अध्यक्षसमेत रहेका पूर्वमन्त्री सिंहले द हिमालयन पिस एसोसिएसनको पहलमा चन्दननाथ नगरपालिका–७ सिंगाचौर गाउँमा रु छ करोडको लागतमा निर्माणाधीन शान्ति स्तूपका लागि सहयोग गरेका हुन् ।
राष्ट्रिय योजना आयोग, पर्यटन बोर्डले स्तूप निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगरेको तर स्तूपलाई अविलम्ब सम्पन्न गर्नुपर्ने आवश्यकता खट्केकाले आफ्नो संसद्् विकास कोषको रु ४७ लाख सात हजार ५०० प्रदान गरेको मन्त्री सिंहले राससलाई जानकारी दिए । “शान्ति स्तूप कर्णालीको पर्यटकीय पूर्वाधार हो र यसले पर्यटन विकासमा सहयोग पु¥याओस् भन्ने उद्देश्यले आफ्नो कोषको पूरै बजेट स्तूप बनाउन सहयोग गरेको हुँ” – उनले भने।
सोही स्तूप निर्माणका लागि पूर्व संस्कृति पर्यटन राज्यमन्त्री बलबहादुर महतले रु २० लाख र ललितजङ्ग शाहीले रु एक लाख प्रदान गरेको स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जानकारी दिए ।
एसोसिएसनका अध्यक्ष दावा तामाङ लामाले विश्वमा शान्तिको देश नेपाल भनेर चिनाउन र कर्णालीबाट विश्वमा शान्तिको सन्देश फैलाउन स्तूप स्थापना गर्न लागिएको बताए ।
समाजवादी जनता पार्टी नेपालका उपाध्यक्ष बुम्क्याप लामाले आफ्नो पार्टीले कालीकोट, मुगु, कैलाली, जाजरकोटलगायतका जिल्लामा धार्मिक मठमन्दिर, बाटोघाटो र खानेपानी निर्माणमा सहयोग गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण