रात्रि क्लब आक्रमणमा आइएसको हात रहेको आशंका, अझै खोजी जारी
इस्तानबुल - टर्कीको इस्तानबुलमा रहेको एक रात्रि क्लबमा नयाँ वर्षको सुरु भएको उपलक्ष्यमा रमाइलो गरिरहेका व्यक्तिमाथि भएको आतङ्ककारी आक्रमण इस्लामिक स्टेट ९आइएस० आवद्ध जिहादी समूहले गरेको आशङ्का गरिएको छ ।
टर्कीका अधिकारीद्वारा जारी एक प्रतिवेदनमा सो आशङ्का गरिएको त्यहाँका दैनिक पत्रिका हुरिएतले जानकारी दिएको छ ।
रैना नामक यस विशिष्ट रात्रिक्लबमा भएको आक्रमणमा परी ३९ जनाको मृत्यु भएको छ । यी सबैको अन्तिम संस्कार गरिएको पनि जानकारी दिइएको छ ।
हुरिएतका अनुसार टर्कीका प्रहरी र गुप्तचर निकायका अधिकारीलाई आइएस आवद्ध आतङ्ककारीले नयाँ वर्षको सुरुमा टर्कीका कैयाँै सहरमा आक्रमण गर्ने चेतावनीसमेत दिएका थिए ।
यसै चेतावनीको आधारमा जारी प्रहरी कारबाहीमा आशङ्कित व्यक्ति पक्राउ समेत परेका जनाइएको छ ।
किर्गिजस्तान र उज्बेकिस्तानबाट आएका आइएस आतङ्ककारीसँग आवद्ध रहेको विश्वास गरिएका ती आतङ्ककारी अर्को आक्रमण तयारीमा रहेका समेत अनुमान गरिएको छ ।
अधिकारीका अनुसार यस घटनामा मारिएमा इजरायल, फ्रान्स ट्युनिसिया लेबनान, भारत र बेल्जियम जोर्डन र साउदी अरेबियामा गरी करिब १६ जना विदेशी नागरिक रहेका छन् ।
आक्रमणकारीले रैना रात्रि क्लबमा प्रवेशद्वारमा नै रहेका एक प्रहरी र सर्वसाधारणलाई नै गोली हानेर हत्या गरेपछि भित्र छिरेर जथाभावी गोली प्रहार गर्न सुरु गरेका थिए ।
गृहमन्त्री सुलेमान सोएलुले आक्रमणकारीको खोजीकार्य तीव्र पारिएको र चाँडै नै नियन्त्रणमा लिइने विश्वास व्यक्त गरेका छन् ।
यस आक्रमणमा घाइते भएका अन्य ६९ जनाको अस्पतालमा उपचार भइरहेको र घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण