महिला साफ च्याम्पियनसीप : भारतसँग पराजित हुँदै नेपालको यात्रा सेमिफाइनलमा रोकियो
काठमाडौं– महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालको यात्रा सेमिफाइनलमा समाप्त भएको छ । डिफेन्डिङ च्याम्पियन भारतसँग ३–१ गोल अन्तरले पराजित हुँदै नेपाल सेमिफाइनलबाट नै बाहिरिएको हो ।
अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको नेपाल र भारत यसपाली भारतको सिलिगुढीमा जारी साफमा भने फाइनल अघि नै भिड्ने भएका हुन् ।
यसअघि तीनै पटक भारतले नेपाललाई पराजित गर्दै उपाधि उचालेको थियो ।
भारतको गुवाहाटीमा फागुनमा भएको १२ औं दक्षिण एसियाली खेलकुद ९साग० को फाइनलमा नेपाल र भारतबीच भएको प्रतिस्पर्धामा भारत विजयी भएको थियो ।
शनिबार समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल र भारतको सेमिफाइनल भेट पक्का भएको थियो ।
सोमबार भएको खेलमा भारतले कमला देवी युमनामको गोलको मद्दतले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा कमलाले भारतलाई अग्रता दिलाएकी थिइन् ।
खेलको दोस्रो हाफको ५८ औँ मिनेटमा नेपालको डिफेन्सको गल्तीको फाइदा उठाउँदै इन्दुमदीले भारतको अग्रता दोब्बर बनाइन् ।
त्यसपछि खेलको ७५ औँ मिनेटमा सबित्रा राजभण्डारीले पेनाल्टीमार्फत नेपालको तर्फबाट एक गोल फर्काइन् ।
नेपालले खेलमा फर्कने प्रयास गरे पनि खेलको ८४ औँ मिनेटमा सस्मिता मलिकले भारतको अग्रता फराकिलो बनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण