यथास्थितिमा संशोधन विधयेक अघि बढाउन पार्टीले सरकारलाई सहयोग गर्दैन : अध्यक्ष थापा
भीमदत्तनगर - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाउन खोजे त्यो मुलुकका लागि प्रत्युत्पादक हुने बताएका छन् ।
मिडिया नेपाल, कञ्चनपुरले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेललनमा बोल्दै अध्यक्ष थापाले राजनीतिक सहमति कायम गरेरमात्रै अघि बढ्न प्रमुख राजनीतिक दलहरुलाई आग्रहसमेत गरे ।
“राजनीतिक सहमति नभए मुठभेड निम्त्याउँछ ।” पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने– “यथास्थितिमा हाम्रो पार्टीले पनि सहयोग गर्दैन ।” मधेसी मोर्चाका जायज माग सम्बोधन गर्नुपर्ने धारणा राख्दै उनले संविधान कार्यान्वयनमा राप्रपाको सकारात्मक र रचनात्मक भूमिका निभाउने बताए। संसद् अवरोध अन्त्य हुनुपर्ने बताउँदै उनले तीनवटै तहको निर्वाचनमा सरकार र दलहरु लाग्नुपर्नेमा जोड दिए ।
त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले स्थानीय निकायको निर्वाचन नभए संविधानले पूर्णता नपाउने भन्दै सरकारको ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए ।
अर्का वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले लामो समय संसद् अवरुद्ध हुनु उपयुक्त नभएको बताउँदै ८१ प्रतिशत हिन्दू रहेको मुलुकमा ठूला दलहरुले धर्म निरपेक्ष घोषणा गरेर गम्भीर त्रुटी गरेको टिप्पणी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण