हिमाली बस्तीमा बाक्लो हिमपात
सोलुखुम्बु - शनिबार साँझबाट हिमपात सुरु भएको सोलुखुम्बुको हिमाली बस्तीमा आज निकै बाक्लो हिमपात भएको छ । आइतबार पनि डाँडापाखा सेताम्मे हुने गरी हिमपात भएको थियो । बस्तीमै एकदेखि दुई फिटसम्म हिउँ जमेको खुम्जुङ–४ का ङातेम्बा शेर्पाले बताए ।
खुम्बु क्षेत्रमा रहेका नाम्चे, खुम्जुङ र चौँरीखर्कका अधिकांश बस्तीमा बिहानबाट वर्षासँगै परेको हिउँले सेताम्मे भएको छ भने जिल्लाको सदरमुकाम सल्लेरीमा पनि हिमपात भएको छ । दूधकुण्ड नगरपालिकाको विभिन्न डाँडाकाँडा साथै जिल्लाको हिमाली बस्तीमा पर्ने १६ भन्दा बढी गाविसका डाँडापाखा हिउँले ढाकिएका छन् ।
हिउँ परेसँगै अहिले सदरमुकाम सल्लेरीको तापक्रम माइनस ३ डिग्री सेल्सियसमा झरेको सल्लेरीस्थित मौसम अवलोकन केन्द्रले जनाएको छ । उता नाम्चेको तापक्रम भने माइनस छ डिग्रीभन्दा पनि तल झरेको इलाका प्रहरी कार्यालय, नाम्चेले जनाएको छ ।
हिमपातसँगै अत्यधिक चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । चिसोका कारण सदरमुकाम सल्लेरीलगायत हिमाली बस्तीका बासिन्दा अहिले घर बाहिर निस्कन सकेका छैनन् ।
यसैबीच सोलुखुम्बुमा तीन महिनापछि पानी पर्दा कृषक भने खुसी भएका छन् । असोज दोस्रो सातापछि हालसम्म पानी परेको छैन् । “हाम्रो त गहुँ, जौलगायतका हिउँदे बाली सुक्न लागेको थियो, पानी पर्दा अति खुसी भएका छौँ” – वाकुका कृषक कुवीर राईले भने ।
यस्तै अलैँचीको पकेट क्षेत्रका रुपमा चिनिएका चौलाखर्कका अलैँची कृषक हेमन्त बस्नेतले पनि सिँचाइ सुविधा कम भएको स्थानमा सुक्न लागेको अलैँचीका लागि यो पानी अमृत बराबर हुने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण