बग्दादमा कार बम आक्रमण, ३२ को मृत्यु
बग्दाद - इराकको राजधानी बग्दादको छिमेकमापर्ने अत्याधिक जनघनत्व भएको एक इलाकामा सोमबार एक कार बम विस्फोट हुँदा त्यसमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका प्रहरी र अस्पतालका अधिकारीले जानकारी दिएका छन् ।
सो आक्रमणमा मारिए प्रायः व्यक्ति सदर सरहको विभाजन रेखामा कामको लागि फर्खिरहेका श्रमिक परेका जानकारी दिइएको छ ।
इराकको राजधानी बग्दादको उत्तरपूर्वीको छिमेकमा पर्ने यस इलाकामा आतङ्ककारीले सिया मुसलमान समुदायलाई लक्षित गर्दै बारम्बार आक्रमण गर्दै आएका छन् ।
यस विस्फोटनपछि बाक्लो धुवाँको मुस्लो आकासमा फैलिएको र घाइतेलाई त्यस इलाकाबाट अस्पतालतर्फ लगिएको एक सामाजिक सञ्जालले देखाएको छ ।
आज भएको आक्रमणको तत्काल कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर यसअघि भएका यस प्रकारको आक्रमणमा (इस्लामिक स्टेट) आइएस आतङ्ककारी समूहले जिम्मा लिर्दै आएका हुनाले यस आक्रमणमा पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ ।
नयाँ वर्षको पूर्व सन्ध्यामा भएका दुई विस्फोटनको पनि आइएसले नै दाबी गरेको छ । मध्य बग्दादमा गत शनिबार भएको यस विस्फोटनमा परी कम्तीमा २७ व्यक्तिको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण