बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जिम्मेवारी सम्हालेको सात महिनापछि नै चीनकी ट्वीटर प्रमुखद्वारा राजीनमा

सोमबार, १८ पुस २०७३, १७ : ०८
सोमबार, १८ पुस २०७३

हङकङ – चीनकी ट्वीटर प्रमुखले जिम्मेवारी सम्हालेको ७ महिनापछि नै पदबाट राजीनामा दिएकी छिन् ।

केथी चेनले कम्पनीले एसियामा हुने व्यवसायमा फेरबदल गरेपछि छाड्ने निर्णय गरेको बताइन् ।

ट्वीटर चीनमा प्रतिबन्धित भए पनि यसले चिनियाँ व्यापारीहरुलाई विश्वबजारसम्म पुग्न भने दिएको थियो । यो विदेशमा रहेका चिनियाँहरुबीच निकै चर्चित रहेको छ ।

केही समययता उच्च अधिकारीहरले ट्वीटर छाड्ने क्रम बढेको छ। केही समयअघि मूख्य प्राविधिक अफिसर एडम मेसिन्जर र मुख्य अपरेशन अफिसर एडम बेनले पनि ट्वीटर छाडेका थिए ।

हङकङ निवासी चेनले यसअघि सिस्को र माइक्रोसफ्टका लागि काम गरिसकेकी छिन् । गत अप्रिलमा उनलाई ट्वीटरमा नियुक्त गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप