बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्वोच्चको निर्णयपछि एमाले स्थायी कमिटीको बैठक जारी

मङ्गलबार, १९ पुस २०७३, ०९ : ३४
मङ्गलबार, १९ पुस २०७३

काठमाडौँ – सर्वोच्च अदालतले संविधान संशोधन विधेयकलाई व्यवस्थापिका संसद्मा छलफल गर्नका लागि मार्ग प्रशस्त गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समितिको बैठक बसिरहेको छ ।

संविधान संशोधन असंवैधानिक भएको भन्दै एमालेसहितका दलहरुले त्यसलाई व्यवस्थापिका संसद्मा पेश गर्न रोकिरहेका थिए । पछिल्लो एक महिनादेखि उनीहरुले निरन्तर अवरोध गर्दै आइरहेका थिए ।

तर, सोमबार साँझ भने सर्वोच्च अदालतले उक्त दाबीलाई खारेज गरेपछि विपक्षी दलहरुलाई लचिलो बन्न दबाब बढेको छ ।

पछिल्लो राजनीतिक परिपस्थिति र प्रमुख प्रतिपक्षीको आगामी कदम बारे आजको बैठकमा छलफल हुने बताइएको छ ।

बैठक एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहान साढे ८ बजेबाट बसिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप