विवादीत खेलमा युनाइटेड विजयी, लिभरपुल रोकियो
लण्डन – १० खेलाडीमा सिमित बनेको वेस्ट ह्यामलाई २–० गोलले पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले पाँचौ स्थानमा रहेको टोटनहमसँग अंक बराबर गरेको छ ।
खेलको १५ औँ मिनेटमा सोफियान फेघोलीले रातो कार्ड पाएपछि ह्यामर्सले खेलको ७५ मिनेट मात्र १० खेलाडीमा खेलेको थियो । फिल जोन्सलाई फल हानेपछि रेफ्री माइक डिनले फेघोलीलाई सिधै रातो कार्ड देखाएका थिए ।
तर, रिप्लेमा भने दुवै खेलाडीले बलका लागि जुध्दा घटना भएको देखिएको थियो ।
यस सिजन यो सबैभन्दा चाँडो देखाइएको रातो कार्ड पनि थियो । माइक डिनले यो सिजन देखाएको पाँचौ रातोकार्ड पनि हो ।
तैपनि १० खेलाडीमा सिमित वेस्ट ह्यामविरुद्ध गोल गर्न युनाइटेडले खेलको ६३ औँ मिनेटसम्म पर्खनुपरेको थियो । मार्कस रासफोर्डको पासमा हुवान माटाले युनाइटेडलाई अग्रता दिलाए ।
त्यसपछि ७८ औँ मिनेटमा ज्लाटान इब्राहिमोविचले अग्रता दोब्बर बनाए । यो गोल पनि विवादमै रह्यो । यसमा ज्लाटानसहित ३ खेलाडी अफसाइड थिए ।
यो जोसे मोरिन्होको प्रिमियर लिगमा लगातार छैटौँ जीत हो र सबै प्रतियोगितामा लगातार सातौँ जीत हो । युनाइटेड पछिल्ला १३ खेलमा अपराजित रहेको छ ।
उता, अर्को म्यान्चेस्टर क्लब सिटी भने १० खेलाडीमा सिमित भएर पनि बर्नलीलाई पराजित गरेको छ ।
पहिलो हाफको ३२ औँ मिनेटमा फर्नान्डिन्होलाई गुमाए पनि खेलको दोस्रो हाफमा गेल क्लिसी र सर्जियो अगुएरोको गोलको मद्दतले सिटीले २–० को अग्रता बनायो ।
तर, निकै राम्रो खेल प्रदर्शन गरेको बर्नलीका लागि बेन मिले खेलको ७० औँ मिनेटमा गोल गरेपछि खेल निकै रोमाञ्चक बनेको थियो ।
यद्यपि, त्यसपछि कुनै टोलीले गोल गर्न सकेन र सिटीले २–१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
जीतसँगै सिटी २० खेलबाट ४२ अंकसहित लिगको तेस्रो स्थानमा उक्लेको छ ।
हिजो भएको अन्य खेलमा जर्मेन डिफोयले पेनाल्टीमार्फत दुई गोल गरेपछि लिभरपुल सन्डरल्याण्डसँग २–२ को बराबरीमा रोकिएको छ ।
लिभरपुलले खेलमा दुई पटक अग्रता लिए पनि डिफोयले दुवै पटक खेल बराबरीमा ल्याए । यस सिजन सन्डरल्याण्डले गरेका १९ मध्ये ११ गोल डिफोयले गरेका छन् ।
लिभरपुलका लागि डेनियल स्टरिज र साडियो मेनले गोल गरेपछि जितका लागि काफी हुन सकेन ।
उता, घरेलु मैदानबाहिरको खराब फर्मलाई जारी राख्दै डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी मिडल्सब्रोसँग गोलरहित बराबरीमा रोकिएको छ ।
एभर्टनले भने साउथह्याम्पटनलाई ३–० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण