परिक्षकको रुपमा मेरो करियरको अन्त्य आउँदैछ : ग्वार्डिओला
म्यान्चेस्टर – म्यान्चेटर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रशिक्षकको रुपमा आफ्नो करियरको अन्तयतिर आइपुगेको बताएका छन् । आफू ६५ वर्षसम्म प्रशिक्षकको रुपमा काम नगर्ने भन्दै उनले सो कुरा बताएका हुन् ।
बार्सिलोना र बायर्न म्युनिखका पूर्व प्रशिक्षक पेपले यस सिजनदेखि सिटीको नेतृत्व सम्हालेका हुन् ।
‘म अगामी तीन सिजन सिटीमा नै हुनेछु, सायद त्योभन्दा बढी पनि,’ ४५ वर्षीय ग्वार्डिओलाले सोमबार भएको बर्नलीविरुद्धको खेलअघि एनबिसीसँग कुरा गर्दै भने, ‘तर, म मैदानमा ६० या ६५ वर्षको उमेरसम्म रहने छैन । मलाई लाग्छ मैले ‘गुडबाई’ भन्ने प्रक्रियाको शुरुवात भइसकेको छ ।’
बार्सिलोनामा ४ सिजन बिताएर ३ ला लिगा र २ च्याम्पियन्स लिगसहित १४ उपाधि जितेका पेपले सन् २०१३ मा बायर्न पुगेका थिए । त्यहाँ उनले तीन वर्षमा लगातार लिग उपाधि दिलाएका थिए ।
तर, यस सिजन सिटीमा भने उनको टोली संघर्षरत रहेको छ ।
‘म प्रशिक्षकरुपमा मेरो करियरको अन्तयतिर आउँदैछु, यसमा म स्पष्ट छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण