बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी सुन्दरीले गर्दैछिन् फिफा वर्ष खेलाडीको कार्यक्रम प्रस्तुत

मङ्गलबार, १९ पुस २०७३, ११ : ०८
मङ्गलबार, १९ पुस २०७३
जुरिच – आगामी जनवरी ९ मा हुने कार्यक्रमबीच यस पटकको फिफा वर्ष खेलाडीको घोषणा हुँदैछ । यस वर्ष हुने कार्यक्रमको प्रस्तोता चयन गरिएको छ । मिडियाका अनुसार नायिका इभा लोन्जोरिना र जर्मन टेलिभिजन प्रस्तोता मार्को स्रेयलले गर्ने छन् । यस पटक एन्टोनियो ग्रिजमान, लियोनेल मेस्सी र क्रिस्टियानो रानोल्डो तीन फाइनलिस्टको रुपमा रहेका छन् । लोन्जोरिया सन् २००४ र २०१२ बीच डेस्परेट हाउसवाइफबाट चर्चामा आएकी थिइन् । ४१ वर्षीय नायिका गोल्डन ग्लोब अवार्डमा पनि मनोनित भएकी थिइन् । स्रेयलले जर्मनीको पप आइडल र जर्मनी गट ट्यालेन्ट कार्यक्रमको प्रस्तोता थिए । उनले सन् २००४ को ओलम्पिक खेलमा पनि प्रस्तोताको रुपमा काम गरेका थिए । बालोन डि’ओरबाट अलग भएपछि यसपटक फिफा एक्लैले यो अवार्ड प्रदान गर्न लागेको थियो । कार्यक्रममा उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलको उपाधि पनि प्रदान गरिनेछ । यस वर्षको बालोन डि ओरको उपाधि रोनाल्डोले जितेका छन् । र, फिफा वर्षको प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप