बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विराटनगरमा मनीचेञ्जर सञ्चालकमाथि गोली प्रहार गरी लुटपाट

मङ्गलबार, १९ पुस २०७३, ११ : १९
मङ्गलबार, १९ पुस २०७३

मोरङ - मोरङको विराटनगर–२१ मा गएराति अज्ञात समूहले गोली प्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट रु पाँच लाख लुटेर फरार भएका छन् ।

राती ८ः३० बजेतिर को ११ प २३७४ नम्बरको मोटरसाइकलमा घर फर्कँदै गरेका क्रितेश मनी मन्जीचेन्जरका सञ्चालक विराटनगर–१९ का ४० वर्षीय बटेशकुमार साहमाथि गोली प्रहार भएको हो ।

गोली प्रहार गरेर सो समूहले साहको साथमा रहेको रु पाँच लाख लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।

दायाँ हात र दायाँ तिघ्रामा गोली लागेर घाइते भएका साहको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुईवटा मोटरसाइकलमा चारजनाको समूहमा आएका लुटेराको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप