आठ ट्रकमा लगिएका १७१ गोरु कब्जामा
कपिलवस्तु - कपिलवस्तुको चन्द्रौटामा रहेको इलाका प्रशासन कार्यालयले गएराति १२ बजे आठवटा ट्रकमा लोड गरिएका १७१ वटा गोरु कब्जामा लिएको छ ।
भारतबाट खुला सिमानाका कारण कपिलवस्तुमा गोरु तस्कारी हुने खबर पाएपछि इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालको नेतृत्वमा लोड गरी लैजाँदै गरेका ट्रकसहित गोरु बरामद गरिएको हो ।
कपिलवस्तुको बहादुरगन्ज, जवाभारी, गडगौँडालगायतका स्थानबाट लोड गरिएका ट्रक रातारात हेटौँडा लैजाने गरेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालले बताए ।
भारतबाट अवैधरुपमा नेपाल प्रवेश गराई कपिलवस्तुको कृष्णनगरमा रहेको पशु क्वारेन्टाइनका कर्मचारीसँग मिलेर नेपाली कागज बनाएर लैजाँदै गरेका आठ ट्रकमा लोड गरिएका ती गोरु कब्जा गरिएको हो ।
गोरु तस्कारले ना ५ ख ८८९०, ना ६ ख ५८०, ना ६ ख २०८१, ना ६ ख ६३०८, ना ६ ख ३३३४, ना ६ ख ५२०५, ना ५ ख ९००९ र ना ६ ख ६५१० नम्बरको ट्रकमा ती गोरु लोड गरी राति लैजाँदै गरेको अवस्थामा कपिलवस्तुको खरेन्द्रपुरबाट पक्राउ गरिएको हो ।
इलाका प्रशासन कार्यालयका शाखा अधिकृत अर्याल, सुब्बा गणेश कार्की, स्थानीय एक पत्रकार र खरेन्द्रपुरमा रहेको सशस्त्र प्रहरी बल विन्ध्यावासिनी गणका रामबहादुर घर्तीको कमाण्डमा खटिएका ११ जनाको टोलीले खरेन्द्रपुरबाट ट्रकसहित गोरु पक्राउ गरेको थियो । कब्जा गरिएका गोरु र ट्रक रातिनै वडा प्रहरी कार्यालय चन्द्रौटामा बुझाइएको थियो ।
तस्करले खुल्ला सिमानाका कारण भारतबाट अवैधरुपमा नेपाल भित्र्याउने, यहाँबाट बुटवल, नारायणगढ हुँदै हेटौडा, झापामा पु¥याउने गरेको बताएका छन् । झापाबाट पुनः भारतमा प्रवेश गर्दै बङ्गलादेश पु¥याउने गरेको गोरु ओसारपसारमा संलग्न सिराहाका नुर मोहम्मदले जानकारी दिएका छन् ।
पछिल्लो समय गोरु तस्करले कपिलवस्तुलाई गोरु तस्करको मुख्य अखडा बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण