बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इलामकी प्रिमिकालाई तीन लाख रूपैयाँ सहयोग

मङ्गलबार, १९ पुस २०७३, ०६ : १५
मङ्गलबार, १९ पुस २०७३

इलाम - ‘मानबहादुर राई बचाउ’ अभियानका क्रममा सङ्कलन भएको मध्ये तीन लाख रूपैयाँ उनकै छोरी प्रिमिका राईलाई हस्तान्तरण गरिएको छ ।

दुबै मृगौला नष्ट भएर उपचारकै क्रममा मृत्यु भएका इलाम नगरपालिका– २ का मानबहादुर राईको उपचारका क्रममा सङ्कलन भएको उक्त रकम उनको मृत्युपछि छोरीको प्रिमिकाको शिक्षाका लागि हस्तान्तरण गरिएको अभियानका लागि गठित समितिका अध्यक्ष हुकुमलाल थेवेले जानकारी दिए ।

प्रिमिका अहिले कक्षा ६ मा अध्ययनरत छिन् । मृगौला पीडित राईलाई बचाउन थवेको संयोजकत्वमा गत जेठ १२ गते पाँच सदस्यीय समिति गठन भएको थियो ।

सो अभियानमा सात रु लाख ९२ हजार ४६९सङ्कलन भएकामा राईको उपचारमा रु।तीन लाख ८५ हजार चार सय ५८र राईको मृत्युपछि रु ८२ हजार ५०९ काजकिरियामा खर्च गरिएको समितिले जनाएको छ ।

राईको कात्तिक ३० गते उपचारकै क्रममा मृत्यु भएको थियो । सो अभियानमा अमेरिका, युके, मलेसियामा रहेका इलामलेली र इलाममा कार्यरत सङ्घ संस्था तथा व्यक्तिले स्वेच्छिक रूपमा सहयोग गरेको समितिका विजय खाकीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप