बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अखाद्य पदार्थ बिक्रेतामाथि मुद्दा

मङ्गलबार, १९ पुस २०७३, ०६ : २८
मङ्गलबार, १९ पुस २०७३

चितवन - स्थानीय प्रशासनले जिल्लामा अनुगमन गरी शङ्कास्पद देखिएका ५९ नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुणस्तर क्षेत्रीय कार्यालय हेटौँडा पठाइएकामा २५ वटाको नतिजा आएको छ ।

तीमध्ये १३ वटा प्रतिकूल भेटिएपछि उनीहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओम शर्माका अनुसार तीमध्ये पाँचविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ ।

अघिल्लो वर्ष सरेर आएका सहित १४ वटा मुद्दा पनि निर्णयका लागि सरकारी वकिलको कार्यालय पठाइएको शर्माले बताए । त्यसैगरी चार वटा क्षेत्राधिकार भएको क्षेत्रमा पठाइएको छ ।

गत वर्ष छ सय आठ पटक अनुगमन गरी ४० मुद्दा दर्ता गरिएको थियो । प्रजिअ नारायणप्रसाद भट्टले जिल्लाका पाँचै क्षेत्रमा टोली बनाएर आवधिक रुपमा नभई नियमित रुपमा अनुगमन गरिने बताए।

जनताले गुणस्तरयुक्त सामग्रीको उपभोग गर्न पाऊन् भन्नाका लागि अनुगमन प्रभावकारी बनाइने बताउँदै उनले उपभोक्तालाई समेत सजग हुन र अनुगमनमा सहयोग गर्न आग्रह गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप