बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फरार अभियुक्तहरु पक्राउ

मङ्गलबार, १९ पुस २०७३, ०८ : ३२
मङ्गलबार, १९ पुस २०७३

धनगढी - कैलालीको पहलमानपुर गाविसका एक व्यक्तिको हत्या गरी फरार रहेका भनिएका थापापुर गाविस–६ का २५ वर्षीय राजु चौधरीलाई दुई वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

पहलमानपुर गाविसका प्रेमलाल चौधरीको हत्यामा निज राजु संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जिकिर गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनापछि फरार रहेका राजुलाई जनकपुर प्रहरी चौकी, कैलालीको टोलीले दुई दिनअघि पक्राउ गरेको हो ।

बेहडाबाबा मन्दिरमा लागेको मेला जान भनी घरबाट हिँडेका प्रेमलाललाई विसं २०७१ असारमा उदासीपुरको जङ्गलमा मृत फेला पारिएको थियो । पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतमा पेस गरिएको छ ।

यसैगरी आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका कैलालीको लम्कीचुहा नगरपालिका–७ का बालाराम बसुटेललाई अदालतको आदेशबमोजिम पुर्पक्षका लागि जिल्ला कारागार पठाइएको छ । गत मङ्सिरमा श्रीमती सरस्वतीलाई बालारामसहितले विष सेवन गराई हत्या गरेको लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप