महिलाले सुत्केरी भत्ता पाएनन्
बैतडी - सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई प्रोत्साहनस्वरुप दिने भत्ता बैतडीका महिलाले भने पाउन सकेका छैनन् । सरकारले सुत्केरी भत्ताँसँगै सुत्केरीलाई घर जानका लागि यातायात भत्तासमेतको व्यवस्था गरेको छ ।
कात्तिक पहिलो साता सुत्केरी हुनुभएकी श्रीकोट–२ की सीता सिंहले हालसम्म पनि सुत्केरी भत्ता नपाएको बताइन्। जिल्ला जनस्वास्थ्य कार्यालयले समयमा सुत्केरी भत्ता नपठाएको जनाइएको छ ।
“जिल्लाबाट समयमै बजेट निकासा नभएकाले सुत्केरीलाई प्रोत्साहन भत्ता दिन नसकिएको हो” – श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले भने ।
स्वास्थ्य संस्थाबाट घर फर्किंदा एक हातमा बच्चा र एक हातमा प्रोत्साहन रकम लिएर फर्कनुपर्ने हो । सरकारले सुरक्षित प्रसूति सेवालाई प्रवद्र्धन गरी मातृ मृत्युदर तथा शिशु मृत्युदर घटाउने उद्देश्यले प्रोत्साहन भत्ताको सुरुवात गरेको हो । तर, बैतडीमा भने जहिले पनि बजेट अभाबको बहानामा सुत्केरीले भत्ता पाउँदैनन् ।
“कसै–कसैलाई आफूसँग भएका बेला खल्तीबाट दिन्छौँ” – स्वास्थ्य चौकी इन्चार्ज भाटले भने । स्वास्थ्य चौकीसँग अन्य स्रोत नहँुदा पनि यो समस्या आउने गरेको उनले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणराज अवस्थीले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा यो समस्या नभए पनि स्वास्थ्य चौकीमा भने समस्या रहेको स्वीकारे।
आमा र बच्चाको मृत्युदर घटाउनका लागि सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा हिमाली जिल्लामा प्रति व्यक्ति रु एक हजार ५००, पहाडी जिल्लामा रु एक हजार र तराईका जिल्लामा रु ५०० प्रोत्साहन भत्ता स्वरुप दिँदै आएको छ । यस्तै चार पटक गर्भवती जाँच गराउने महिलालाई थप रु ४०० दिने गरेको छ ।
प्रोत्साहन भत्ता उपलब्ध गराउने प्रावधानले विपन्न समुदायका गर्भवती सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जाने क्रम बढेको छ । साथै कमजोर आर्थिक अवस्था भएका परिवारलाई प्रोत्साहन रकमले सुत्केरीको स्याहारमा सहयोग पुग्ने गरेपनि भत्ता नै नपाएपछि सुत्केरी भएका महिलाले समेत गुनासो गर्न थालेका छन् ।
सरकारले मातृ मृत्युदर घटाउन विसं २०६५ देखि आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण