बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसदद्वारा पचास लाख लागतका २० वटा योजना सार्वजनिक

मङ्गलबार, १९ पुस २०७३, ०६ : ४०
मङ्गलबार, १९ पुस २०७३

पोखरा - सांसद विन्दा राना मगरले कास्की जिल्लामा सांसद क्षेत्र विकास कोषअन्तर्गतका विभिन्न २० वटा योजना सार्वजनिक गरेकी छिन् ।

नेपाली काँग्रेस क्षेत्र नं ३, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आव २०७३/७४ का लागि विनियोजित रकममध्ये विभिन्न योजनाअन्तर्गत भवन निर्माण तथा मर्मतका लागि रु १६ लाख ५० हजार, ई–गृहिणी साक्षात्कार कार्यक्रमका लागि रु १० लाख, बाटो निर्माणका लागि रु सात लाख ५० हजार, शिक्षातर्फ रु छ लाख छुट्याइएको जानकारी दिए ।

त्यस्तै सिँचाइ, खानेपानी, पदमार्ग, प्रतीक्षालयलगायतका योजनाका लागि बजेट विनियोजन गरिएको छ ।

लक्षित योजनाको सफलताका लागि स्थानीय उपभोक्ता, नागरिक समाज तथा सम्बद्ध सबै पक्ष र निकायको सकारात्मक सहयोग आवश्यक हुनेमा उनले जोड दिए।

नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ का उपसभापति धु्रव रायमाझीले विकास निर्माणका काम सफल र प्रभावकारी बनाउन समाजका प्रत्येक वर्ग र समुदायको जाकरुकता आवश्यक हुने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप