संविधान संशोधन नभएसम्म निर्वाचन गराउन नहुने
सप्तरी – सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म कुनै प्रकारको निर्वाचन गराउन नहुने बताएका छन् ।
राजविराजस्थित प्रेस मञ्च सप्तरीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुदृढीकरणका लागि संविधानको कार्यान्वयन आवश्यक भएको तर संविधान संशोधन नगरीकन कार्यान्वयन हुन नसक्ने जनाउँदै संविधान संशोधन नभएसम्म मधेसीको समस्या समाधानसमेत नहुने बताए ।
संशोधन प्रस्ताव संसद्मा पेस भएपछि पास हुन्छ –श्रेष्ठ
यता, नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएपछि पारित हुने ठोकुवा गरेका छन् ।
काँग्रेस कास्कीले आज बिहान आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता श्रेष्ठले अहिले ल्याइएको संशोधन प्रस्ताव काँग्रेस–एमालेका शीर्ष नेताहरुले पहिले नै हस्ताक्षर गरिसकेको प्रस्ताव भएकाले यो स्वतः पारित हुने जिकिर गरे ।
प्रस्तावको अहिले एमालेले विरोध गर्नु सत्ताबाट बाहिरिँदाको पीडा मात्रै भएकोे आरोप लगाउँदै उहाँले चैत–वैशाखमा स्थानीय तहको निर्वाचन गर्न पनि मधेसी मोर्चाका माग सम्बोधनका लागि संविधान संशोधन गर्नु जरुरी छ भने ।
काँग्रेसका अर्का नेता शुक्रराज शर्माले काँग्रेसको आदर्शलाई आत्मसात् गर्दै अघि नबढ्ने हो भने पार्टीको अवस्था बिग्रँदै जाने विचार व्यक्त गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण