बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नौदलको सभामा मधेशी दलमाथि १५ हमला

शुक्रबार, २२ पुस २०७३, १९ : ३५
शुक्रबार, २२ पुस २०७३

काठमाडौँ – संविधान संशोधन फिर्ता लिने उद्देश्यले सरकारलाई दबाब दिनका लागि एमाले नेतृत्वको नौ दलीय गठबन्धनले आज राजधानीमा आयोजना गरेको सभामा एमाले नेतृत्वको नौ दलीय गठबन्धनमा बोलेका नौजना नेताले यसरी गरे मधेशी दलमाथि हमलाः

१.धोती लगाएर सत्ता बस्नेहरु धेरै कराउँदैछन् ।

२. मधेशी दलहरु जनताको पक्षमा हिजो थिएनन् र आज पनि छैनन् ।

३.मधेशी नेतालाई सत्तामा जाने भर्याङ्ग बनाएको छ मधेशलाई ।

४.यो संशोधन प्रस्ताव मधेशको विरुद्धमा छ ।

५.पहिलो संशोधनबाट नै मधेशी जनताले आफ्नो अधिकार पाइसकेका छन् ।

६.गणतान्त्रिक देशलाई टुक्राटुक्रा बनाएर मधेशी नेताले अरु देशमा मिसाउन चाहेका छन् ।

७.झापाबाट काँकरभिट्टा छुटाएर मात्र चुनावमा जाने भनेका छन् मधेशी नेताहरु ।

८.राजदूत रञ्जितले मधेशी नेतालाई दिवा भोज दिएर संशोधन प्रस्ताव पारित गर्न भनेका छन् ।

९.हिन्दी भाषा आयो भने सबभन्दा पहिले मैथली र भोजपुरीलाई प्रभाव पर्छ ।

१०.मधेशी दल मधेशमा ११ सिट जितेका छन्, एमाले ४० सिट जितेको छ ।

११. मधेश अभियानको फोटो ड्रोनले भ्याउँदैन, स्याटेलाइटबाट खिच्नुपर्छ ।

१२.तराईको नाममा राजनीति गरी दुनु सोझ्याउनेहरुले यो सभामा तराईवासीको सहभागिता हेरोस् ।

१३.अब तराईका जनतालाई अलमल्याउन पाइँदैन ।

१४.विहान आएको दुल्हीले दिउँसो नागरिकताले घर फर्किनेछयो संशोधनले ।

१५.एमालेलाई ब्याण्ड बाजा बजाएर मधेशबाट विदा गर्ने मधेशी नेताहरुले आफ्नो हैसियत बुझ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप